PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

भोजपुरमा बस दुर्घटनामाः १० जना घाइते, एकको अवस्था गम्भीर



पहिलोपोस्ट

भोजपुरमा बस दुर्घटनामाः १० जना घाइते, एकको अवस्था गम्भीर
फोटोः रासस

भोजपुरः भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे १ ख ३१६४ नम्बरको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को  सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ।

आज बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घाइतेमध्ये सात अस्पताल भर्ना गरिएको छ। जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ। गम्भीर घाइते हुनेमा झापाका सहचालक अर्जुन लिम्बू रहेको प्रहरीले जनाएको छ। लिम्बूको टाउकोलगायत विभिन्न ठाउँमा चोट लागेको छ। घाइतेहरुमा भोनपा–३ बस्ने २२ वर्षीया सङ्गीता प्रधान, २४ वर्षीया मनीषा श्रेष्ठ, १७ वर्षीया अस्मिता श्रेष्ठ, ३१ वर्षीया गोविन्द प्रधान र सोही वडाका ११ वर्षीया बालक विवेक श्रेष्ठ रहेका छन्।

त्यस्तै इलाम घर भएका बसधनी ३५ वर्षीया अर्जुन लिम्बू, टेम्केमैयुङ गाउँपालिका–३ की ५५ वर्षीया गङ्गादेवी राई, मोरङ घर भएकी २१ वर्षीया सविना गौतम भट्टराई र चालक इलाम घर भएका सन्तकुमार फागो सामान्य घाइते भएका छन्। घटनापश्चात चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell