PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

माछापोखरीमा डुबेर बालकको मृत्यु



पहिलोपोस्ट

माछापोखरीमा डुबेर बालकको मृत्यु
प्रतीकात्मक तस्विर

भद्रपुरः झापा भद्रपुर -१० का वासुदेव जोगीका १२ वर्षीया छोरा सुमन जोगीको माछापोखरीमा डुबेर मृत्यु भएको छ। सोही वडामा रहेको विष्णु कन्स्ट्रक्सनको माछापोखरीमा शनिबार साँझ उनी घोप्टो परी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घरबाट १ बजेतिर निस्किएका सुमन साँझसम्म घर नफर्किएपछि खोज्दै जाँदा परिवारले नै पोखरीमा डुबेको अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए। शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell