PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

संसदमा सांसद आशा बिकको प्रश्न: ट्याक्सी चालकको लुटको अन्त्य कहिले हुन्छ?



पहिलोपोस्ट

संसदमा सांसद आशा बिकको प्रश्न: ट्याक्सी चालकको लुटको अन्त्य कहिले हुन्छ?

काठमाडौं:  सत्तारुढ दल ने क पाकी सांसद आशाकुमारी बिकले ट्याक्सी चालकले मच्चाएको लुट अन्त्य गर्न माग गरेकी छिन्।

आइतवार प्रतिनिधि सभा बैठकमा बिकले काठमाडौंका ट्क्यासी चालक मिटरमा जान नमान्ने र मनलाग्दी चर्को भाडा असुल्ने गरेकोमा आपत्ति प्रकट गरिन्।

‘बुटवलदेखि काठमाडौं बसमा पाँच सय भाडा तिरेर आउन सकिन्छ। तर कलंकीदेखि बानेश्वर जाँदा ट्याक्सीलाई छ सय रुपैयाँ तिनुपर्छ,’ उनले प्रश्न गरिन्, ‘यो अवस्थाको अन्त्य कहिले हुन्छ?’

 

सरकारले ट्याक्सी मिटरमा जानुपर्ने व्यवस्था गरे पनि चालक जान नमान्दा गाउँबाट आएका मानिस र बिरामी मर्कामा पर्ने गरेको भन्दै प्रश्न गरिन्,‘यसको निकास कहिले आउँछ?’

सांसद बिकले मिटरमा जाने ट्याक्सीवालाहरुले मिटरमा जाँदा आफू मर्कामा परेको बताउने गरेको सुनाइन्। ‘मिटरमा जाँदा ट्याक्सी मर्कामा पर्ने भए सरकारले उनीहरुसँग छलफल गर्नुपर्‍यो। होइन भने लुटपाटको अन्त्य हुनुपर्‍यो,’ बिकले भनिन्।

बिक दलित महिला समानुपातिक कोटा अन्तर्गत बझाङबाट चुनिएकी ने क पाकी सांसद हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell