PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

नक्कली परीक्षार्थी बनेर अर्काको परीक्षा दिने दुई जना पक्राउ



पहिलोपोस्ट

नक्कली परीक्षार्थी बनेर अर्काको परीक्षा दिने दुई जना पक्राउ
पक्राउ परेका नक्कली परीक्षार्थी

काठमाडौंः परिक्षार्थी बनेर परिक्षा दिइरहेका दुई जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शनिवार बिहान रौतहट अमुनिया गाउँपालिकाका २२ वर्षीय जोजनारायण यादव र कैसल यादवलाई नियन्त्रणमा लिएको हो।

शनिवार  वीरगन्ज महानगरपालिका वडा नम्वर १५ स्थित  नेसनल मेडिकल कलेज वीरगन्जमा सिटिइभिटीको प्रवीणता प्रमाणपत्र तह नर्सिङको परीक्षामा अरुको परीक्षा दिइरहेका बेला दुवै जनालाई प्रहरीले पक्राउ गरेके हो। नारायण यादवले रौतहट गढीमाई गाउँपालिका ६ धरमपुरका २२ वर्षीय छोटेलाल यादवको नाममा परीक्षा दिइरहेको प्रहरीले बताएको छ। त्यस्तै कौसलप्रसाद यादवले रौतहट जिल्लाका रमाकान्त साहको नाममा परीक्षा दिएका थिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell