PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

आत्महत्याको ट्रेन्ड बढ्दोः एक वर्षमा पाँच हजार जनाले गरे आत्महत्या



पहिलोपोस्ट

आत्महत्याको ट्रेन्ड बढ्दोः एक वर्षमा पाँच हजार जनाले गरे आत्महत्या

काठमाडौं: नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका पाइएको छ।

प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी धेरै सङ्ख्यामा मानिसले आत्महत्या गर्ने गरेको देखियो।

प्रहरी प्रधान कार्यालय नक्सालले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार १ सय ५५ जनाले आत्महत्या गरेका छन्। आत्महत्याका विभिन्नरूप भए पनि झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गर्दछन्।

आर्थिक २०७५/७६ मा झुण्डिएर तीन हजार ८ सय ६३, विष खाएर एक हजार १ सय ८२, हामफालेर ४७, पानीमा हाम फालेर २३, आगो लगाएर २२, हात हतियारबाट १३, करेन्ट लगाएर चार र विष्फोटक पदार्थ प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी महानिरीक्षक विश्वराज पोखरेल घरायसी तनाव र प्रेम सम्बन्धमा बाधा पुग्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको बताउनुहुन्छ। मानिसमा हुने तनावलाई कम नगरेसम्म आत्महत्यामा कमी नआउने उनको भनाइ छ।

आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक २०७५/७६ मा आत्महत्या गर्नेको सङ्ख्यामा कमी आएको छ। आर्थिक २०७४/७५ मा पाँच हजार ३१७ ले आत्महत्या गरेका थिए।

काठमाडौँ उपत्यकामा आर्थिक २०७५/७६ मा ५३९ ले आत्महत्या गरेका छन्। उपत्यकामा आर्थिक २०७४/०७५ मा ५०६ ले विभिन्न कारणले आत्महत्या गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell