PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

उदय सोताङको ‘हजार जुनीसम्म’मा आयुष केसीको स्वर



पहिलोपोस्ट

उदय सोताङको ‘हजार जुनीसम्म’मा आयुष केसीको स्वर

काठमाडौं: भारतीय रियालिटी सारेगमप लिटिल च्याम्पबाट चर्चामा आएका आयुष केसीले नेपाली फिल्मको गीतमा स्वर दिएका छन्। उनले ‘हजार जुनीसम्म’ को टाइटल गीत  गाएका हुन्।

उदय सोताङले गाएको गीतलाई आयुषको स्वरमा री- एरेन्ज गरिएको हो। फिल्ममा उदय र आयुष दुवैको स्वर रहेको गीत समावेश हुनेछ। उदयको स्वर रहेको गीतको भिडियोमा गीत गाउँदै गरेका आर्यन सिग्देल देखिनेछन्। त्यस्तै आयुषको स्वरमा भने अनुभव रेग्मी देखिनेछन्।

गीतमा पवन चाम्लिङ ’किरण’को शब्द र योगेन्द्र घातानीको संगीत रहेको छ।

विकासराज आचार्यको निर्देशनमा तयार भईरहेको फिल्म आउँदो साउन ३० मा रिलिज हुँदैछ। फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का,  संचिता लुइँटेल, अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ।

फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell