.jpg)
काठमाडौं: प्वाइन्ट मिडियाद्वारा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस टुरिजम् २०१९’ मा आरजु पोखरेल विजेता घोषित भएकी छिन्। नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स्(नाट्टा)का अध्यक्ष सिएन पाण्डेद्वारा सोधिएको नेपाल भ्रमण वर्षलाई सफल पार्न गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन्? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै आरजुले उपाधि जितेकी हुन्।
उनले अन्य दुई शीर्ष विधा मिस डिसिप्लिन र मिस फ्रेण्डसिपको पनि उपाधि हात पारिन्।
त्यस्तै मिस टुरिजम्–२०१९ फर्स्ट रनर्स अप युसिका तुलाधर र सेकेण्ड रनर्स अप सविता न्यौपाने भए। तुलाधरले मिस ट्यालेन्ट र न्यौपानेले मिस पर्सनालिटीको उपाधि पनि प्राप्त गरे। तीन शीर्ष विजेताहरुले क्रमशः ५० हजार, ३० हजार, २० हजार प्राप्त गरे।
बेस्ट फोटोजेनिकमा अर्पना पोखरेल, बेस्ट फिगरमा लक्ष्मी थिङ, स्माइलमा करिना प्याथा, वाकमा रविना सुवाल, कन्फिडेन्टमा विजया खनाल, पपुलर च्वाइसमा लक्ष्मी श्रेष्ठ र इन्टेलिजेन्टमा शान्ति तिमिल्सिना उत्कृष्ट घोषित भए।
नेपालको पर्यटन क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने र युवाहरुलाई नेपालको पर्यटन क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले विगत सन् २०१६ देखि प्वाइन्ट मिडियाले मिस टुरिजम २०१९ को आयोजना गदै आएको निर्देशक नविन काफ्लेले बताए।
निर्णायकहरुमा नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्ज (नाट्टा) का अध्यक्ष सि.एन पाण्डे, ग्रिकका अवैतनिक वाणिज्यदुत तथा अग्रज पर्यटन व्यवसायी विक्रम पाण्डे, गाउँ पर्यटन प्रवर्द्धन मञ्च (नेपाल) का पूर्व अध्यक्ष कमल सापकोटा, टानका बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, मिस नेपाल–२००० उषा खड्गी, टानका पूर्व महासचिवहरु सागर पाण्डे र मोहन लम्साल, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ, युवा पर्यटन व्यवसायीहरु राजन सिम्खडा र अञ्जन थापा(कुमार) रहेका थिए।