A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a897d50653015.95284076): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a897d50653015.95284076,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a897d50a09789.84881219): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a897d50a09789.84881219,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

विभाजनपछि खुल्दै जम्मू कश्मीर: 'इद त दुई दिनको खुसी हो, त्यसपछि हेर्नुस् यहाँ के हुन्छ'
PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

विभाजनपछि खुल्दै जम्मू कश्मीर: 'इद त दुई दिनको खुसी हो, त्यसपछि हेर्नुस् यहाँ के हुन्छ'



पहिलोपोस्ट

विभाजनपछि खुल्दै जम्मू कश्मीर: 'इद त दुई दिनको खुसी हो, त्यसपछि हेर्नुस् यहाँ के हुन्छ'

आज इद। मुस्लिम धर्मावलम्बी धूमधामले इद-उल-अजाह मनाउँदैछन्। तर मुस्लिम समुदायको बाहुल्यता रहेको भारतको जम्मू कश्मीरमा भने इदको रौनक सामान्य मात्रै देखिन्छ।

एक हप्ता अघिदेखि भारत प्रशासित जम्मू कश्मीरमा कर्फ्यू लगाइएको छ। धारा १४४ अन्तर्गत मानिसहरूको हिँडडुललाई सीमित गर्ने प्रयास भएको छ। गत शुक्रवार मस्जिदमा प्रार्थनाका लागि भनेर केही स्थानमा मानिसलाई आवतजावत गर्न छुट दिइएको थियो। सडकमा मात्रै गस्तीमा रहेका सुरक्षाकर्मी त्यस दिन मस्जिद बाहिर ठूलो सङ्ख्यामा उपस्थित थिए।

कारण थियो -भारत सरकारले जम्मू कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा समाप्त गर्ने निर्णय। गत सोमवार नरेन्द्र मोदीको सरकारले कश्मीरलाई विशेष राज्यको दर्जा व्यवस्था भएको संविधानको धारा ३७० लाई खारेज गर्नै जम्मू कश्मीरलाई दुई प्रदेश (जम्मू कश्मीर र लद्दाख) मा विभाजन गरिदियो। मोदीले एउटा प्रान्तलाई विभाजनमात्रै गरेनन् केन्द्र प्रशासित प्रदेश पनि बनाए।

पढ्नुस्ः- भारतमा 'नेहरुको कश्मीर नीति' फेर्दै मोदी सरकार, कश्मीरलाई विशेष राज्यबाट हटाउने प्रस्ताव पेश

यस्तै धारा ३५ 'ए' अन्तर्गत जम्मू कश्मीरको विशेषाधिकार समेत समाप्त पारियो। जस अन्तर्गत कश्मीरका नागरिकबाहेक अन्य राज्यका भारतीयले  समेत त्यहाँ जमिन खरिद गर्न पाउँदैन थिए।  

त्यसै दिन कश्मीरमा हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी परिचालित भएका थिए। जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला र मेहबुवा मुफ्तीलाई नजरबन्दमा नै राखियो। मोबाइल, इन्टरनेट, टिभीको लाइन काटियो। जम्मू कश्मीरमा ल्यान्डलाइनको समेत सुविधा रद्द गरियो। सरकारले सोमवार उक्त घोषणा गर्नुअघि जम्मू कश्मीरलाई पूरै खाली गराएको थियो। केदारनाथ यात्राका लागि गएका सबैलाई बीच बाटोबाटै फर्काइएको थियो। कश्मीर गएका पर्यटकलाई कश्मीर छोड्न 'एडभाइजरी' नै जारी गरिएको थियो।

 

एक हप्तादेखि ठप्प जम्मू कश्मीर 

मोदी सरकारले जम्मू कश्मीर विभाजन गर्ने निर्णय गरेको ठ्याक्कै एक हप्ता भयो। मोदी सरकारको दाबी छ, 'कश्मीर शान्त छ। त्यहाँ कसैले विरोध गरेका छैनन्।'

केन्द्र सरकारको उक्त निर्णयलाई मलजल भारतीय मिडियाले गरेको छ। ग्राउन्ड रिपोर्टिङको नाममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले केही कश्मीरीहरूसँग कुराकानी गरेको फुटजलाई दोहोर्‍याइरहेको छ। मिडियाको विश्लेषण पनि सरकारको जस्तै छ, 'जम्मू कश्मीर टुक्राउने विषयमा कश्मीरमा विरोध भएकै छैन। कश्मीर शान्त छ।'

भारतीय मिडिया त्यहाँका स्थानीय नेतालाई 'पृथकतावादी' को संज्ञा दिँदैमा व्यस्त देखिन्छन्। त्यसै कारणले कश्मीरी मूलको जमात भारतीय मिडियासँग खुसी देखिँदैन।

यता, भारतीय मिडिया जम्मू कश्मीरका नागरिकको आवाज बन्न नसकेको पुष्टि गर्‍यो बीबीसीको यो भिडियोले:

यो भिडियो गत शुक्रवारको भनिएको छ। जहाँ हजारौँ कश्मीरीहरू सडकमा उत्रिएका देखिन्छन्। उनीहरू भारत सरकारले उनीहरूको विशेष अधिकार खारेज गरेको विरुद्धमा थियो। भिडियोमा गोलीका आवाज सुनिन्छन्, अश्रुग्यास प्रहार गरिएको देखिन्छ। बीबीसीका अनुसार प्रहरीसँगको झडपमा धेरै मानिस घाइते भएका थिए।

इदभन्दा अघिको अन्तिम शुक्रवार कश्मीरका मुस्लिमहरू 'आजादी' माग्दै सडकमा उत्रिएका थिए। उनीहरू धारा ३७० र ३५ 'ए'  खारेज गर्दै जम्मू कश्मीरलाई केन्द्र शासित प्रदेश बनाउने विरुद्धमा सुरक्षाकर्मीसँग भिड्दै थिए।

तर, त्यो प्रदर्शन न मोदी सरकारले देख्यो न स्वतन्त्र मिडियाका रूपमा स्थापित केही भारतीय मिडियाबाहेक अरू मूलधारका मिडियाले देखे।

अरू बेला घटनाबारे लाइभ प्रसारण गर्ने भारतीय मिडिया यसपटक चुके। सायद उनीहरू सरकारविरुद्ध जान चाहँदैन थिए। बीबीसीले भिडियो सार्वजनिक गर्दै गर्दा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि कश्मीरको पछिल्लो स्थितिबारेमा रिपोर्टिङ गर्‍यो। त्यसमा शुक्रबार प्रहरी र प्रदर्शनकारीबीच झडप भएको बताइएको थियो।

यी रिपोर्टिङहरुबाट भारत सरकार र भारतीय मिडियाहरूको कश्मीरबारे 'पोजिसन' प्रस्ट हुँदै थियो। भारतको गृह मन्त्रालयले त रोयटर्स, बीबीसी लगायतका समाचारलाई झुटो भन्दै त्यसलाई 'साजिश' भन्यो।

त्यसदिन यता भारतीय समाचार संस्था एएनआईले कश्मीरमा शान्ति रहेको देखाउन विद्यालय खुलेको, मानिसहरू सडकमा आवत आवतजावत गर्ने गरेको तस्बिर सार्वजनिक गर्‍यो।

पाकिस्तानको भारतको उक्त कदमको विरोधमा भारतसँगको कूटनीतिक र व्यापारिक सम्बन्ध सीमित पार्ने निर्णय गर्‍यो।  रेल सेवा , बस सेवा रद्द भए।

चीनले समेत कश्मीर मुद्दामा भारतीय नीतिको विरोध गर्‍यो। भारत सरकारले अरू राष्ट्रले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गर्न नपाउने तर्क गर्‍यो। यता भारतका गृहमन्त्री अमित शाहले जम्मू कश्मीर भनेको पाकिस्तान र भारतको नियन्त्रणमा रहेको कश्मीरमात्रै नभएर आजाद कश्मीर र चीनमा पर्ने 'अक्साइ कश्मीर' समेत रहेको र त्यसका लागि ज्यान दिने टिप्पणी गरे।

 

खुल्दै कश्मीर, 'हेर्नुस् दुई दिन पछि यहाँ के हुन्छ'?

एक हप्ता बित्दा पनि भारत सरकारको तर्फबाट कश्मीरको अवस्थामा रिपोर्टिङ भएकै छैन। विदेशी मिडियाका समाचार पत्याउने हो भने कश्मीर शान्त छैन।

बीबीसीमा प्रकाशित एक लेखमा आसिफ भन्छन्,' म कश्मीर त पुगेँ। तर मलाई लाग्छ म मेरो श्रीमती, परिवार वा अरू कसैसँग कुरा गर्न सायदै पाउँछु। सत्य बोल्ने हो भने म इद मनाउन कश्मीरको यात्रामा आएको होइन। म मेरो घरपरिवार ठिक छन् कि छैनन् भनेर हेर्न जाँदैछु। उनीहरूलाई म पनि ठिक छु भन्ने बताउन जाँदैछु। उनीहरूको बारेमा सोच्दै गर्दा म निकै तनाव महसुस गर्छु।'

कुराकानीमा असिफ निकै तनावमा देखिन्छन्। किनभने उनले एक हप्तादेखि आफ्नो परिवारसँग कुरा गर्न पाएका थिएनन्। उनीहरूको अवस्थाबारे उनी जानकार थिएनन्। किनकी केन्द्र सरकारले सुरक्षाका लागि भन्दै कश्मीरमा सञ्चार सेवा बन्द गरेको छ।

दिल्लीबाट श्रीनगरका लागि उडानको तयारीमा रहेका हरियाणामा पढ्दै आएका मेडिकल छात्राहरूले भने,'हामी परीक्षाको तयारीमा थियौँ। तर यो घटनाले हामीले ध्यान केन्द्रित गर्नै सकेनौँ। फोन, इन्टरनेट सबै ठप्प थियो। हामी परिवारको अवस्था बुझ्न आतुर थियौँ।'

उनीहरू भारतीय मिडियाप्रति गुनासो गर्छन्,'भारतीय मिडियाले कश्मीरको अवस्थाका बारेमा केही जानकारी नै दिएन। न त सरकारले नै केही जानकारी दियो। हामीलाई त्यहाँ के भइरहेको छ भन्ने बारेमा थाहै भएन।'

यता, दिल्लीको जमाया विश्वविद्यालयमा कानुन अध्ययन गरिरहेकी शफूरा आफूसँग खानेकुरा लग्दैछिन्। चार दिनअघि च्याटमा आफ्नो परिवारसँग केही कुरा भए पनि उनले त्यहाँदेखि कोहीसँग कुरा गर्न सकेकी छैनन्। भन्छिन्,'  त्यहाँ डरको अवस्था सिर्जना भएको छ। सरकारले जे गर्‍यो त्यो अर्कै तरिकाले पनि गर्न सक्थ्यो। गएको एक वर्षदेखि हामी केन्द्र सरकारकै अधीनमा छौँ (मुफ्तीको सरकारले बहुमत जुटाउन असफल भएपछि त्यहाँ राष्ट्रपति शासन लागू थियो)। अरू राज्यहरूले पनि विशेष दर्जा पाएकै छन्। सरकारले त्यहाँबाट सुरु गरेर कश्मीरसम्म लगेको भए सायद त्यहाँका नागरिकले बुझ्थे।  तर कश्मीरमा जहाँ केन्द्र सरकारप्रति पहिलादेखि नै भरोसा कम छ। त्यहाँ सरकारले यस्तो गर्‍यो। यसबाट शङ्का उब्जने नै भयो।'

श्रीनगरको यात्राका लागि निस्केका अधिकांशलाई विमानस्थलमा उत्रेपछि कसरी घरसम्म जाने चिन्ता छ। श्रीनगर पुगेका भारतीय कांग्रेसका नेता गुलामनवी आजाद र भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम यचुरीलाई श्रीनगर विमानस्थलबाटै नियन्त्रणमा लिएर फिर्ता पठाइएको थियो।

++++

आज इदको लागि जम्मू कश्मीर खुल्ला छ। कर्फ्यू हटाइएको छ। मानिस बजारमा सामान खरिद गर्न आइरहेका तस्बिर जम्मू कश्मीर पुलिसले ट्विटरमार्फत सार्वजनिक गरेका छ। लेखिएको छ ,'अवस्था सामान्यमा फर्कँदै'

तर सडकमा देखिएको आजको खुसीलाई कश्मीरीहरू दुई दिनको खुसी मात्रै भनिरहेका छन्।

इदको आसपास कश्मीरमा सञ्चार सुविधा कटौती गरेकोमा एक कश्मीरी युवक बीबीसीमार्फत भारत सरकारलाई प्रश्न गर्छन्,' इदभन्दा पहिला सबै बन्द गरियो। यदि हामी कसैलाई इद मुबारक भन्न सक्दैनौँ भने त्यो कस्तो इद हो?'

इदका लागि भनेर शनिबारबाट श्रीनगरमा कर्फ्यूलाई सीमित गरिएको थियो। त्यही बेला इदका लागि भेडा बेच्दै हिँडेका एक युवकले भने,'यो इद होइन मृत्युपछि हुने शान्ति (मातम) हो। दुई दिनका लागि केही समय बाहिर निस्कियौँ। हामी इद पछि हाम्रो ३७० फिर्ता लिन्छौँ। यो कश्मीर हो। यो हाम्रो जमिन हो। हामी हाम्रो जमिन अरू कसैलाई लिन दिने छैनौँ।'

उनी थप भन्छन्,'  जब मुस्लिमहरूको ठूलो दिन आउँछ तब यहाँ केही न केही ढंगा फसाद गराइन्छ। हिन्दुस्तानले यो पर्व उनीहरूको पनि ठूलो चाड हो भनेर सोच्नु पर्थ्‍यो। यस्तो गर्नुहुन्नथ्यो। इदमा बली दिनु हाम्रो दायित्व हो। हामी त्यसैले बली दिन्छौँ। दुई दिनपछि हेर्नुस् यहाँ के हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell