PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

डोटीका वन अधिकृत ३ लाख २६ हजार घुससहित पक्राउ



पहिलोपोस्ट

डोटीका वन अधिकृत ३ लाख २६ हजार घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटी जिल्ला लानाकेदारेश्वर सब डिभिजन वन कार्यालयका कार्यालय प्रमुखलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

कार्यालय प्रमुख सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आयोगको कञ्चनपूरबाट खटिएको टोलीले तीन लाख २६ हजार घुसवापत लिएको रकमसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।

प्रवक्ता कोइरालाका अनुसार अधिकृत डिसीले वन कार्यालय कञ्चनपुर जाने क्रममा सेवाग्राहीको काठको छोड पूर्जीको सिफारिस बनाउने लगायतका कागजी प्रक्रिया मिलाएबापत घुस मागेका लिएका थिए। घुस लिएर गएको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

उनीमाथि थप अनुसन्धान शुरु गरिएको अख्तियारले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell