PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

बालुवा निकालेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु



पहिलोपोस्ट

बालुवा निकालेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु

बेत्रावतीः बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुईको मृत्यु भएको छ।

ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार साँझ ५ः३० बजेतिर खोलाकिनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको हो। स्थानीयवासीले खोलामा अवैधरूपमा बालुवा उत्खनन गर्ने व्यक्तिका कारण दुर्घटना भएको भन्दै विरोध गरिरहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell