A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a897d508e4bb0.94503870): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a897d508e4bb0.94503870,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a897d50a09829.44868555): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a897d50a09829.44868555,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

नेपाल कम्युनिस्ट पार्टी 'विप्लव' का नेता कार्यकर्ता धमाधम पक्राउ गर्दै प्रहरी, फागुन २९ पछि ६९७ जना नियन्त्रणमा
PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

नेपाल कम्युनिस्ट पार्टी 'विप्लव' का नेता कार्यकर्ता धमाधम पक्राउ गर्दै प्रहरी, फागुन २९ पछि ६९७ जना नियन्त्रणमा



पहिलोपोस्ट

नेपाल कम्युनिस्ट पार्टी 'विप्लव' का नेता कार्यकर्ता धमाधम पक्राउ गर्दै प्रहरी, फागुन २९ पछि ६९७ जना नियन्त्रणमा

काठमाडौं: दुई दिनअघि प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गर्‍यो। सरकारले गत फागुन २८ गतेदेखि विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि धमाधम नियन्त्रणमा लिइरहेको छ।

नेता अर्याललाई सदरमुकाम गुलरियाबाट विभिन्न घटनामा उनको संलग्नता रहेको आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अहिले प्रहरीको हिरासतदेखि कारागारसम्मै विप्लव नेता तथा कार्यकर्ता रहेका छन्। प्रहरीले फागुन २९ गतेदेखि साउन २४ गतेसम्म ६ सय ९७ जना विप्लव नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

पक्राउमध्ये ६ सय ४४ जनामाथि मुद्दा दर्ता भएका छन्। ४६ जनालाई प्रहरीले साधारण सोधपुछपछि छोडेको छ। ४ सय ४४ जना भने मुद्दा दर्ता भइसकेपछि छुटेका छन्। अदालतको आदेशपछि १ सय १५ जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ। ९२ जना भने अनुसन्धानको क्रममा नै रहेका छन्।

प्रहरी र विप्लव समूहसँगको मुठभेडमा एक जना प्रहरी र ३ जना विप्लव समूहका कार्यकर्ता समेत मारिएका छन्। सर्लाहीमा प्रहरीको गोली लागि मारिएका कुमार पौडेलको घटनालाई लिएर संसददेखि सडकसम्म विरोध भएको थियो।

प्रदेश नम्बर ४ मा विप्लव समूहका सबैभन्दा धेरै मानिस पक्राउ परेका छन्। प्रहरीले चार महिनाको अवधिमा १ सय ३५ जनालाई नियन्त्रणमा लिएको छ। सबैभन्दा कम प्रदेश नम्बर २ मा २८ जना पक्राउ परेका छन्। उपत्यकाका तीन जिल्लामा अहिलेसम्म १ सय १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले प्रदेश नम्बर १ मा ९० जना, प्रदेश ५ मा १ सय ८ जना, कर्णाली प्रदेशमा ७१ जना र प्रदेश नम्बर ७ मा ८७ जना विप्लव नेता कार्यकर्ता नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell