PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

सांसद् सूर्यनारायण यादवले दिए राजीनामा, कारण देखाए स्वास्थ्य समस्या



पहिलोपोस्ट

सांसद् सूर्यनारायण यादवले दिए राजीनामा, कारण देखाए स्वास्थ्य समस्या

काठमाडौं: प्रतिनिधिसभा सदस्य डा. सूर्य नारायण यादवले राजीनामा दिएका छन्। सभामुख कृष्णबहादुर महरालाई यादवले राजीनामा बुझाएका हुन्। 

सोमबार नै राजीनामा दर्ता भए पनि कुनै औपचारिक निर्णय नभएको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए। 
यादवले आफूलाई मधुमेह, उच्च रक्तचाप लगायतका समस्या रहेको राजीनामामा उल्लेख गरेका छन्। 

यादव चिकित्सक हुन्। ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी १ बाट यादव निर्वाचित भएका थिए। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाट उनी निर्वाचित भएका हुन्। 

दलको औपचारिक पत्र आएपछि सभामुखले राजीनामाबारे निर्णय लिनेछन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell