PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

अदालतको मुद्दा नसकिएसम्म रेडक्रसको केन्द्रीय साधारणसभा रोकियो



पहिलोपोस्ट

अदालतको मुद्दा नसकिएसम्म रेडक्रसको केन्द्रीय साधारणसभा रोकियो

काठमाडौँः आर्थिक अनियमिताको आरोप खेपिरहेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय साधारणसभा पुनः रोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले साधारणसभा नगर्न निर्देशन दिएपछि सभा रोकिएको सोसाइटीका केन्द्रीय सभासद ज्ञानशाली न्यौपानेले जानकारी दिए।

उनका अनुसार यसअघि गत वैशाख २२ मा धरानमा गर्न लागिएको केन्द्रीय साधारणसभा तथा महाधिवेशनसमेत रोकिएको थियो। यसपटक बाधा अड्काउ फुकाउन साभारणसभा मात्रै गर्न खाजिएको थियो।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले मुद्दा नटुङ्गिँदासम्मका लागि साधारणसभा स्थगित गर्न निर्देशन दिएको जानकारी दिए।

रेडक्रसमा अनियमितता भएको भनेर अदालतमा मुद्दा चलिरहेको छ। प्रशासनको पत्रानुसार कार्यक्रम स्थगित गरेर जवाफ समेत पठाइसकिएको रेडक्रसले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell