A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a923de6e038b4.91835342): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a923de6e038b4.91835342,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

पूर्व एमालेबीचको असहमतिपछि ने क पाको बैठक स्थगित, १५ दिनको गृहकार्य किन भयो अपुग?
PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

पूर्व एमालेबीचको असहमतिपछि ने क पाको बैठक स्थगित, १५ दिनको गृहकार्य किन भयो अपुग?



विधुर ढकाल

पूर्व एमालेबीचको असहमतिपछि ने क पाको बैठक स्थगित, १५ दिनको गृहकार्य किन भयो अपुग?

काठमाडौँ: लामो समयदेखि स्कुल विभागको सकसमा अड्किएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालय बैठक आज पनि स्थगित भयो। तयारी नपुगेको भन्दै आजको बैठक भोलिका लागि सारिएको छ। गत १३ गते बसेको बैठकले दुई अध्यक्षलाई विदेश भ्रमणको बिदा दिँदै आन्तरिक गृहकार्यका लागि १५ दिन बैठक स्थगित गरेको थियो।

हिजो २८ गते बोलाइएको बैठक गृहकार्य नपुगेको भन्दै आजका लागि सारियो। आजको बैठक पनि गृहकार्य नपुगेको भन्दै भोलिका लागि सारिएको छ।

१५ दिनको गृहकार्य किन भयो अपुग?

ने क पाको ३२ केन्द्रीय विभाग, सल्लाहकार परिषदहरु, पोलिटव्युरो र सम्पर्क मन्चहरुको एकता हुन बाँकी छ। त्यस्तै १६६ केन्द्रीय सदस्यहरुको कार्यविभाजन पनि बाँकी छ। साउन ५ गते बसेको सचिवालयको बैठकले जिल्ला तथा महानगरको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउँदै ४४१ केन्द्रीय सदस्य मध्य २७२ लाई जिम्मेवारी दिएको थियो।

१३ गते बसेको बैठकले बाँकी केन्द्रीय सदस्यहरुलाई उनीहरुको रुची अनुसारको जिम्मेवारी दिने भन्दै रुचीहरुको सूची तयार गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो। सोही अनुसार पौडेलले सूची पनि तयार पारेका थिए। तर, यही सूचीमा पनि सहमति जुट्न नसकेको ने क पाका एक स्थायी कमिटी सदस्यले बताए।

अहिले ने क पाभित्र पूर्व एमाले समूहका दुई खेमा सहमत नहुँदा सचिवालय बैठक चल्न नसकेको ती सदस्यले बताए। जिम्मेवारी नपाएका दुई अध्यक्ष र महासचिव बाहेकका १६६ केन्द्रीय सदस्यलाई ३२ विभागको प्रमुख तथा उपप्रमु, २२ जनवर्गिय संगठनको इन्चार्ज र सहइन्चार्ज तथा केन्द्रीय परिषद् सम्पर्क कमिटीको इन्चार्जको जिम्मेवारी दिने बताइए पनि विभागको प्रमुख तथा ठूला जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज को हुने भन्ने सहमति नजुट्दा समस्या परेको छ।

यही विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति नजुट्दा सचिवालय बैठक बस्न नसकेको पूर्व माओवादी समूहका एक स्थायी कमिटी सदस्यले पहिलोपोस्टसँग भने।

मंगलवार ओली र नेपालसहित पूर्व एमाले समूहका नेताहरु बालुवाटारमा छलफलमा जुटेका थिए। छलफलमा ओलीले आफ्ना समूहका नेताहरुलाई जिम्मेवारीमा प्रस्ताव गरेसँगै नेता नेपालले असहमति जनाएको स्रोतले जनायो।

पूर्व एमालेको भागमा १८ (नीति प्रतिष्ठान सहित) र पूर्व माओवादीको भागमा १४ विभागको नेतृत्व गर्ने सहमति भए पनि कुन कुन भन्ने टुंगो लागेको छैन। त्यस्तै एमालेले पाउने भनेको मजदुर, युवा तथा महिला संगठनको इन्चार्ज बनाउन अध्यक्ष ओलीले आफ्ना समूहका नेता छानेपछि नेता नेपालले असहमति जनाएका हुन्।

नेता नेपालले दोहोरो जिम्मेवारी दिन नहुने अडानलाई दोहोर्‍याएका थिए। मुख्य गरी मजदुर संगठनमा प्रधानमन्त्री ओलीले आफ्ना प्रमुख सल्लाहकार विष्णु रिमाललाई प्रस्ताव गरेका थिए। यसमा नेता नेपालले असहमति जनाए।

नेपालको असहमति पछि प्रधानमन्त्री ओली सचिवालय बैठक स्थगित गर्ने निष्कर्षमा पुगे र प्रचण्डसँग छलफल गरी बैठक स्थगित गरे। नेता नेपालले सहमति नभए स्थायी कमिटीमा छलफलमा लैजान माग गरेका थिए।

'उहाँहरु (पूर्व एमाले)बीचको विवादले सचिवालय बैठक अन्यौलमा परेको छ। सचिवालय बैठक नबस्दा नेताहरु जिम्मेवारी पाउन नसक्ने र स्थायी कमिटी केन्द्रीय कमिटीको बैठक पनि बस्न नसक्ने अवस्था आयो,' पूर्व माओवादी समूहका ती नेताले भने, 'समस्या हामीमा भन्दा पनि उहाँहरुमा देखियो। भन्ने अध्यक्ष प्रचण्डले बेला बेलामा भन्नुहुन्छ। अहिले पनि त्यस्तै भयो।'

यसअघि ने क पाको सचिवालयको बैठक स्कुल विभागको प्रमुखमा पुगेर अड्किने गरेको थियो। यसपटक स्कुल विभागसँगै जनवर्गिय संगठनमा पनि पुगेको छ। स्कुल विभागमा पूर्व एमाले समूहबाट उपप्रधानमन्त्री इश्वर पोखरेल र पूर्व माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठको दाबी छ। प्रधानमन्त्री ओली पोखरेललाई दिने पक्षमा उभिँदा प्रचण्डले मानेका छैनन्।

यी दुई नेताहरुको विषयमा सहमति नजुट्दा वरिष्ठ नेता झलनाथ खनाल, घनस्याम भुसाल, बेदुराम भुसाल, राम कार्की र देवेन्द्र पौडेलले पनि दाबी प्रस्तुत गरेका छन्। महासचिव पौडेलले १५ दिन लागेर तयार पारेको सूचीमा उनीहरुले पनि स्कुल विभागमा इच्छा देखाएका हुन्।

विवाद बढ्दै जाँदा सचिवालयबाट विभागको जिम्मा दिन नहुने र स्थायी कमिटीबाट जिम्मेवारी दिनुपर्ने आवाज पनि उठ्दै गएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell