PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मुख्यमन्त्री शाही लक्षित बम विस्फोट : कालीकोटका डिएसपी भन्छन्, 'म मुख्यमन्त्रीसँगै थिएँ, मैले त सुनिनँ'



पी बी खड्का

मुख्यमन्त्री शाही लक्षित बम विस्फोट : कालीकोटका डिएसपी भन्छन्, 'म मुख्यमन्त्रीसँगै थिएँ, मैले त सुनिनँ'
फाइल फोटो

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी कालिकोटमा बम विष्फोट गराइएको हल्ला भएको प्रहरीले दावी गरेको छ। जिल्लाको पचालझरना गाउँपालिकाको एक कार्यक्रम उद्घाटन गर्न पुगेका मुख्यमन्त्री शाहीलाई लक्षित गरेर बम विष्फोट नभएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले बताए।
 
‘मुख्यमन्त्री र म सँगै कार्यक्रममा थियौँ। पड्क्यो भन्ने हल्ला सुनियो तर, कुनै पनि आवाज सुनिएन,’डिएसपी शर्माले भने,‘कसले हावामा हल्ला फैलाई दियो।’

बम विष्फोट गरिएको भन्ने स्थान कार्यक्रम भएको ठाउँदेखि करिब ५/६ किलोमिटर टाढा भिरमा रहेको बताए। त्यस स्थानमा जानलाई हेलिकप्टर चाहिने डिएसपी शर्माको भनाई छ। तर, पनि त्यस क्षेत्रमा अध्ययन गर्न प्रहरीको टोली खटाइसकेको र बेलुकासम्म केही जानकारी आउने उनले बताए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell