PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

यस्तो देखियो बटुकहरुको जनै पूर्णिमा

यस्तो देखियो बटुकहरुको जनै पूर्णिमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: जनैपूर्णिमाको अवसरमा आज हिन्दु धर्मावलम्बीहरु बिहानैदेखि स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्दै छन्। यसैबीच पशुपतिमा बटुकहरुले वैदिक परम्परा अनुसार मन्त्रोच्चारण गर्दै जनै (यज्ञोपवित) फेरेका छन्।

यसका लागि अघिल्लो दिनदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखो गरी बस्ने चलन छ। यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान गर्ने गर्छन्।



ट्रेन्डिङ पोस्ट

Ncell