PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

हेटौँडामा बस दुर्घटनाः एक जनाको मृत्यु, १५ घाइते



पहिलोपोस्ट

हेटौँडामा बस दुर्घटनाः एक जनाको मृत्यु, १५ घाइते

हेटौँडाः हेटौँडामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका -१९ नेवारपानीमा बस दुर्घटना भएको हो।

काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको बस अनियन्त्रित भई पल्टिएर विजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell