PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

स्कुल विभागमा ईश्वर पोखरेलको नेतृत्व रहने, वामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी



पहिलोपोस्ट

स्कुल विभागमा ईश्वर पोखरेलको नेतृत्व रहने, वामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी

काठमाडौं : प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण पनि चर्चित बनेको आजको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) सचिवालय बैठकले स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेललाई जिम्मेवारी दिने निर्णय गरेको छ।

हिजो बस्ने भनेको बैठक प्रधानमन्त्रीलाई ज्वरो आएका कारण बस्न सकेको थिएन। त्यसपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चर्चा व्यापक रुपमा बढ्यो। हिजो बस्न नसकेको बैठक आज बिहान बसेको हो। पोखरेलसँगै स्कुल विभागको नेतृत्व लिनेमा नारायणकाजी श्रेष्ठको नाम पनि चर्चामा थियो। घनश्याम भुसाल र बेदुराम भुसालको पनि यसमा नाम जोडिएको थियो। नेताहरुको नाम आएसँगै यो पदमा विवाद पनि चर्कै रुपमा भएको थियो।

त्यसैगरी, संगठन विभाग प्रमुखको जिम्मेवारी भने वामदेव गौतमलाई दिने निर्णय भएको छ। माधवकुमार नेपाललाई विदेश विभाग र झलनाथ खनाललाई नीति तथा प्रतिष्ठानको नेतृत्व दिने निर्णय भएको छ। त्यसैगरी प्रचार विभागको नेतृत्व नारायणकाजी श्रेष्ठलाई र अर्थ विभागको नेतृत्व सुरेन्द्र पाण्डेलाई दिने तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell