PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

रवि लामिछानेलाई ५ दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति



पहिलोपोस्ट

रवि लामिछानेलाई ५ दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति

काठमाडौं : पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर बिहीवार आवश्यक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका रवि लामिछानेलाई पाँच दिन थुनामा राख्न जिल्ला अदालत चितवनले आदेश दिएको छ। जिल्ला अदालत चितवनका विनोदकुमार गौतमको इजलासले बिहीवारको मितिबाट थप पाँच दिन अनुसन्धानको थुनामा राख्न अनुमति दिएको हो।

बिहीवार प्रहरीले लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेललाई नियन्त्रणमा लिएको छ। यसअघि प्रहरीले रुकु भनिने नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो। पक्राउ गरेपछि राति नै थप अनुसन्धानका लागि चितवन लगिएको थियो। साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको २०२ नम्बर कोठमा सञ्चारकर्मी शालिग्राम पुडासैनी मृत अवस्थामा फेला परेका थिए।

घटनास्थलबाट प्रहरीले पुडासैनीको साथबाट फेला पारेको भिडियोमा रुँदै भनेका छन्, 'रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाइँहरूलाई पाप लाग्छ। केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन। दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाइँको असली रुप देख्नेछ। मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाइँको पापको घडा भरिन्छ।

भिडियोको आधारमा नै अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell