PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

भक्तपुरमा 'घिन्ताङ घिसी' : प्रम केपी ओलीलाई दश लाख डलरको चेक!

भक्तपुरमा 'घिन्ताङ घिसी' : प्रम केपी ओलीलाई दश लाख डलरको चेक!

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर: आज सापारु अर्थात गाइजात्राको अवसरमा भक्तपुरम घिन्ताङ घिसी नाच प्रदर्शन गरियो। विशेषगरी लट्ठी जुधाई सांगीतिक तालमा नाचिने 'घिन्ताङ घिसी' भक्तपुरको आकर्षण हो।

'ताहा मचा गना ते.. ग्वाखङ प्वाले ते.. ग्वाखङ प्वाले म्न्ह्यङ्सा.. खुसिङ चुइक छुवेय..' भन्दै सात दिनसम्म घिन्ताङ घिसी प्याखं नचाउने गरिन्छ।

सापारुको अवसरमा ताहासां (ताहामचा) बनाएर नगर परिक्रमा गर्ने गरियो। त्यसैगरी राजनीतिमा देखिएको विसंगति उजागर गर्ने हेतुले व्यंग्यात्मक शैलीमा मानिसहरू सडकमा ओर्लिए। उनीहरूले‌ जम्मू कश्मीरदेखी होली वाइन, रेल, वाइडबडी काण्डका बारेमा आकृति बनाएर नगर परिक्रमा गरेका थिए।

उनीहरुले एसिया प्यासिफिक समिटका लागि प्रधानमन्त्री केपी शर्मा ओलीका लागि दश लाख डलरको चेक प्रदर्शन गर्नुका साथै बालुवाटार जग्गा काण्डमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेलको लालपूर्जासमेत प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell