PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन



पहिलोपोस्ट

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

काठमाडौं : वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ। उनको शनिवार बिहान आफ्नै निवास डल्लुमा निधन भएको हो।

६ वर्षको उमेरदेखि नै नेवारी नाटक कचिमचा (काँचो माटो) बाट अभिनय गर्न सुरु गरेकी थिइन् उनले। अधिकारीले वसन्ती, मुनामदन, बेहुली, भाउजू, माया पिरती, मसान  लगायतका धेरै नेपाली चलचित्र तथा टेलिफिल्महरुमा अभिनय गरेकी छिन्।

उनले फिल्म क्षेत्रमा मात्र नभएर रङ्गमञ्च र गायन क्षेत्रमा पनि आवद्ध थिइन्। उनलाई २०६३ सालमा दीर्घ साधना सम्मानबाट पनि सम्मानित गरिएको थियो।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell