PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

सुन्धाराको नागराज होटलको चौथो तल्लाबाट हामफालेर महिलाले गरिन् आत्महत्या



पहिलोपोस्ट

सुन्धाराको नागराज होटलको चौथो तल्लाबाट हामफालेर महिलाले गरिन् आत्महत्या

काठमाडौं : सुन्धारामा एक महिलाले होटेलको चौथो तलाबाट हामफालेर आत्महत्या गरेकी छिन्। ३८ वर्षीय दिलकुमारी गुरुङले नागराज होटेलबाट हाम फालेको प्रहरीले जानकारी दिएको छ।

‘होटेलमाथिबाट हाम्फालेर आत्महत्या गरेको भन्ने बुझिएको छ। थप घटनाको अनुसन्धान गरिरहेका छौं,‘ महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी वासुदेव खतिवडालले भने।

उनी शुक्रवार होटेलमा कोठा लिएर बसेकी थिइन्। उनी श्रीमान् र सासुससुरासँगै होटेलमा पुगेको प्रारम्भीक अनुसन्धान देखिएको डिएसपी खतिवडालले जानकरी दिए।

प्रहरीले अनुसन्धानका लागि उनका परिवारका  सदस्यलाई नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell