PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

सिटी र टोटनह्यामले बराबरी खेलेर दुवैले अंक बाँडे 



पहिलोपोस्ट

सिटी र टोटनह्यामले बराबरी खेलेर दुवैले अंक बाँडे 

इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटी र टोटनह्याम २–२ गोलको बराबरीमा रोकिएका छन्। सिटीको घरेलु मैदानमा भएको खेलमा टोटनह्याम अंक खोस्न सफल भएको हो। 
इथिहाद स्टेडियममा भएको खेलको २० औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। तर २३ औं मिनेटमा गोल गर्दै टोटनह्यामका इरिक लमेलाले खेल बराबरीमा ल्याउन सफल भए। 
३५ औं मिनेटमा सर्जियो अग्युरोले गोल थपेर सिटीलाई फेरि अग्रता दिलाए। हफटाइम अघि २–१ को अग्रता बनाएको सिटीलाई ५६ औं मिनेटमा टोटनह्यामका लुकास माउराले गोल गर्दै खेल फेरि बराबरीमा पु¥याए। 
भीएआरले गुमेको अवसर 
इन्जुरी समयमा सिटीका ग्याब्रिएल जिससले गोल गरेका थिए तर भीएआरले त्यसलाई अफसाइड देखाएपछि सिटी टोटनह्यामसँग अंक बाँड्न बाध्य भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell