PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

विज्ञता कार्कीको ‘आँचलको आँगन’ सार्वजनिक



पहिलोपोस्ट

विज्ञता कार्कीको ‘आँचलको आँगन’ सार्वजनिक

काठमाडौं मानिसका जन्मदिन मनाउने आ–आफ्नै सोख हुन्छन्। साहित्यकार विज्ञता कार्कीले आफ्नो पुस्तक प्रकाशन गरेर जन्मदिन मनाएकी छिन्। उनको पछिल्लो कृति ‘आँचलको आँगन’ निबन्ध संग्रह प्रकाशन मात्रै भएन जन्मदिनको अवसरमा त्यसको घुम्टो खोली कार्यक्रम पनि सम्पन्न भयो। 
रत्न राज्यलक्ष्मी क्याम्पसको सभाहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईलेसो पुस्तकको घुम्टो खोली विज्ञतालाई जन्मदिनको शुभकामना दिए। 
लेखिका कार्कीले आफ्नो १८ औं जन्मदिनको अवसर पारेर पाँचौ कृति सार्वजनिक गरेकी थिइन्। ‘आँचलको आँगन’ मा विद्रोहको भाव र सामाजिक न्यायको चर्चा गरिएको छ। कार्यक्रममा मन्त्री भट्टराईले भने, ‘कला, संस्कृति र साहित्यिक क्षेत्रबाट अनेक जातजाति, भाषा र धर्मलाई एकतामा बाँध्नुपर्छ। लेखिका कार्कीजस्ता साहित्यिक व्यक्तिले साहित्यमार्फत् एकताको सन्देश दिनुपर्छ।’ उनले सो कार्यक्रममा २० वर्ष मुनिका किशोर लेखकहरुलाई ध्यानमा राखेर संस्कृति मन्त्रालयले पुरस्कार राख्ने घोषणा समेत गरे। 
कार्यक्रममा लेखिका कार्कीले महिला र समाजलाई तुलना गरेर लेखिएका विभिन्न विषयका निबन्धलाई पुस्तकमा समेटेको बताइन्। ‘नेपाली समाज र महिलाको विभिन्न विषयमाथि लेखिएका निबन्धहरू पुस्तकमा समावेश गरिएको छ,’ उनले भनिन्।
पुस्तकमा ‘जटिल जन्म’, ‘प्रश्नको पर्खाल’, ‘आँसुको आक्रोेश’ र ‘चिन्ताको चिता’ लगायतका १८ वटा विधाका निबन्ध समेटिएको छ। कार्यक्रममा मशी सिर्जना पुरस्कार बालचन्द्र श्रेष्ठ, आमाश्री पुरस्कार सुलोचना मानन्धर र तरेली सम्मान पुरस्कार बुद्धि कार्कीलाई प्रदान गरिएको थियो। कार्यक्रममा डा. सरोज धिताल, खगेन्द्र राई विज्ञताका पिता एवं साहित्यकार विनोद मञ्जनले पनि आफ्नो धारणा राखेका थिए। पुस्तक अंग्रेजी र नेपाली दुवै भाषामा लेखिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell