PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

ने क पाको सचिवालय बैठक आज ४ बजे बस्दै



पहिलोपोस्ट

ने क पाको सचिवालय बैठक आज ४ बजे बस्दै

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालय बैठक आज बस्दैछ। एकताका लागि बाँकी काम पूरा गर्नका लागि गृहकार्य नपुगेको भन्दै शनिबार डाकिएको बैठक आजका लागि सरेको थियो।

आज दिउँसो ४ बजे बस्ने बैठकमा सांगठनिक एकताका विषयमा छलफल हुने ने क पाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले भने, 'सांगठनिक एकताका काम बाँकी छन्। त्यसमा छलफल हुन्छ।'

ने क पाको शुक्रवार बसेको सचिवालय बैठकले ३२ केन्द्रीय विभागको जिम्मेवारी टुंग्याएको थियो। ने क पाको केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरो गठन, जनवर्गीय संगठनका इन्चार्ज र सह इन्चार्ज निर्धारणको काम बाँकी छ। सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास संगठनको एकता पनि बाँकी रहेको छ।

यसैगरी ज्येष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठन लगायतका काम बाँकी छन्।

अहिलेसम्म सचिवालय, स्थायी कमिटी, प्रदेश कमिटी, प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज र सह इन्चार्ज, जनवर्गीय संगठनका संयोजक र सहसंयोजक तथा जिल्ला र स्थानीय तह कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीको टुंगो लागिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell