PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

छवि-शिल्पा विवाद प्रधानन्यायाधीश राणाको इजलासमाः तत्काल पक्राउ नगर्न आदेश



पहिलोपोस्ट

छवि-शिल्पा विवाद प्रधानन्यायाधीश राणाको इजलासमाः तत्काल पक्राउ नगर्न आदेश

काठमाडौं: फिल्म निर्माता छविराज ओझासँग बहुविवाह गरेको उजुरी परेकी नायिका शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ। आइतवार प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल इजलासले पक्राउ तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको हो। यही भदौ १५ गते दुवै जनालाई छलफलका लागि सर्वोच्चले बोलाएको छ।

केही समयअघि छविकी जेठी पत्नी हेमा ओझाले शिल्पा र छविविरुद्ध बहुविवाहको उजुरी गरेकी थिइन्।

त्यसअघि अभिनेत्री शिल्पा पोखरेलले पनि महानगरीय प्रहरी परिसर काठमाडौंमा शान्ति सुरक्षा माग्दै छविविरुद्ध उजुरी हालेकी थिइन्।

फिल्म निर्माता छवि अभिनेत्री रेखा थापाका पूर्वपति समेत हुन्। अभिनेत्री रेखा थापासँग डिभोर्स भएपछि छवि शिल्पासँग लिभिङ टुगेदरमा थिए। अभिनेत्री पोखरेल र निर्माता ओझाको केही वर्ष अगाडि विवाह भएको समाचारहरु आएका थिए। लामो समयदेखि प्रेममा रहेका उनीहरुले सुटुक्क विवाह गरेका थिए। विवाह गरे पनि उनीहरु आफ्नो सम्बन्धको बारेमा सार्वजनिक रुपमा खुलेर कुरा गर्दैनथे। गत वर्ष मात्र शिल्पा र छविले विवाहबारे सार्वजनिक रुपमा स्वीकार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell