PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

रणहारलाई मदन पुरस्कार, जगदम्बा श्री पुरस्कार बैरागी काइँलालाई



पहिलोपोस्ट

रणहारलाई मदन पुरस्कार, जगदम्बा श्री पुरस्कार बैरागी काइँलालाई

काठमाडौं : यस वर्षको मदन पुरस्कार योगेश राजको रणहारले प्राप्त गरेको छ। त्यसैगरी बैरागी काइँलालाई यस वर्षको जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय भएको छ।

आज बसेको मदन पुरस्कार गुठीको साधारणसभाले नेपाली साहित्य क्षेत्रको सबैभन्दा बढी सम्मानित पुरस्कारको घोषणा गरेको हो। 

 

योगेश राजद्वारा लिखित रणहार भक्तपुरको अन्तिम मल्ल राजा रणजीत मल्लको वरिपरि घुमेको छ। रणजीत युवराज हुँदा देखि राजा बन्नु सम्मका संघर्षका कथाका साथै पृथ्वी नारायण शाहले उपत्यका कब्जा गर्ने क्रममा अन्तिममा मात्रै भक्तपुरमाथि विजयी गरेको घटनालाई योगेशले किताबमा प्रस्तुत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell