PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

माधव नेपालको वरीयता खोसियो, झलनाथले पाए तेस्रो स्थान



पहिलोपोस्ट

माधव नेपालको वरीयता खोसियो, झलनाथले पाए तेस्रो स्थान

काठमाडौं : पार्टी एकीकरणदेखि नै आफ्नो वरीयता खोसिएको भन्दै असन्तुष्ट रहेका नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का वरिष्ठ नेता झलनाथ खनालले अन्ततः तेस्रो वरीयता पाएका छन्। वरीयता खोसिएको भन्दै खनालले सचिवालय बैठकमा पटकपटक असन्तुष्टि पोख्दै आएका थिए। 

आइतबार साँझ बसेको सचिवालय बैठकले खनाललाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिको वरीयतामा राख्‍ने निर्णय गरेको हो। यसअघि तेस्रो वरीयतामा माधवकुमार नेपाल रहेका थिए। नेपाल अब चौथो वरीयतामा पुगेका छन्। 

खनाललाई तेस्रो वरीयतामा राख्‍नेगरी सहमति भएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

यस्तै सचिवालय बैठकले बाँकी जनवर्गीय संगठनको नेतृत्वमा पनि सहमति गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell