PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

कीर्तिपुरमा बाघ भैरव जात्राको रौनक, हेर्नुस तस्विरमा

कीर्तिपुरमा बाघ भैरव जात्राको रौनक, हेर्नुस तस्विरमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


कीर्तिपुरको ‘बाघ भैरव जात्रा’ आइतवार सम्पन्न भएको छ। प्रत्येक वर्ष भदौ १ गते सिंह संक्रान्तीका अवसरमा मनाइने सो जात्रामा कीर्तिपुरवासीमात्रै नभइ उपत्यकाभरबाट मानिसहरु सहभागी हुने गर्छन्। यस अवसरमा मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघभैरवको मूर्तिलाई स्नान गराई विधिपूर्वक पूजा गरिन्छ भने साँझ बाघभैरवको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइन्छ।

आइतवार बिहानैदेखि मन्दिर परिक्रमा गर्ने मानिसहरुको घुँइचो लागेको थियो। सिंह संक्रान्तीको अवसरमा कीर्तिपुरस्थित बाघ भैरव मन्दिर १०८ पटक परिक्रमा गरेमा मनले चिताएको पूरा हुने जनविश्वास रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell