PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

रवि पक्राउ प्रकरणः चितवनको प्रदर्शनमा प्रहरीको कडाइ, निश्चित क्षेत्रमा प्रदर्शन रोकियो



पहिलोपोस्ट

रवि पक्राउ प्रकरणः चितवनको प्रदर्शनमा प्रहरीको कडाइ, निश्चित क्षेत्रमा प्रदर्शन रोकियो

काठमाडौँः पत्रकार शालिकराम पुडासैनीको हत्या प्रकरण सम्बन्धमा भइरहेको अनुसन्धान लक्षित प्रदर्शनलाई प्रहरीले कडाइ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले राजनीतिक दल सम्मिलित सर्वदलीय बैठकको निर्णय अनुसार प्रहरी, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत तथा अस्पताललगायतका क्षेत्रमा हुने पदर्शनमा कडाइ गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले दैनिक प्रशासकीय कामकाजमा असर परेकाले प्रदर्शनमा कडाइ गरिएको बताए। मल्लले भने, ‘निषेधाज्ञा जारी भएको हैन। तर, हामीले सर्वसाधारण तथा सेवाग्राहीलाई प्रभावित पार्ने गरी भइरहेको प्रदर्शनमा रोक लगाएका हौँ। निश्चित क्षेत्रमा प्रदर्शन रोक लगाइएको हो।’

आइतबार जिल्ला प्रशासनमा भएको सर्वदलीय बैठकले तीन बुँदे निर्णय गरेको थियो। जसमा अनुसन्धान प्रक्रियामा सबै राजनीतिक दलले सहयोग गर्ने, अदालतमा हुने न्यायिक प्रक्रियामा सहयोग गर्ने र सर्वसाधारणको दैनिकीलाई असर पर्ने गरी प्रदर्शन नगर्ने विषय उल्लेख रहेको जिप्रका चितवनका प्रशासकीय अधिकृत ईश्वर सिम्खडाले बताए।

पत्रकार पुडासैनीको रहस्यमय मृत्युको घटनामा पक्राउ परेका रवि लामिछानेको समर्थन र विरोधमा दैनिक प्रदर्शन चर्किएको थियो ।

पुडासैनीको मृत्युअघिको भिडियो सञ्चारमाध्यमहरूमा सार्वजनिक भएपछि प्रहरीले पत्रकार लामिछाने, युवराज कँडेल र घटनामा सम्बन्धित युवती अस्मिता कार्कीलाई पक्राउ गरेको थियो। पक्राउ गरी तीनै जनालाई बयानका लागि चितवन लगिएको थियो।

मंगलबारसम्मको म्याद थप गरी अनुसन्धान भइरहेको छ। मङ्गलवार थप पाँच दिनको म्याद थप गर्ने तयारी प्रहरीको छ।

लामिछानेसहितका आरोपितलाई बयानका लागि चितवन लगेसँगै चितवनमा रिहाइको पक्षमा प्रदर्शन हुँदै आएको छ। यस्तै, मृतक शालिकराम पक्षधरले पनि न्याय माग्दै जिल्ला प्रहरी कार्यालय अघि प्रदर्शन गर्दै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell