PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

वन मुद्दामा १४ वर्षदेखि फरार अभियुक्त पक्राउ



पहिलोपोस्ट

वन मुद्दामा १४ वर्षदेखि फरार अभियुक्त पक्राउ

वीरगंज: बारा प्रहरीले वन मुद्दाका १४ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका–२० बस्ने ६५ वर्षीय गणेश ठाकुरलाई पक्राउ गरेको हो।

ठाकुर गत साउन ३२ गते निजगढबाट पक्राउ परेका थिए। बारा जिल्ला अदालतले २०६२ असार २७ गते बिना ईजाजत वन पैदवार हानी नोक्सानी तथा ओसारपसार गरेको मुद्दामा ठाकुरलाई १ वर्ष कैद सजाय सुनाएको थियो। त्यसपछि उनी फरार रहदै आएका थिए।

ठाकुरलाई कैद भुक्तानको लागि वीरगंज कारागार चलान गरिएको बाराका प्रहरी प्रवक्ता रन्जीतसिंह राठौरले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell