PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

करोडौं अमेरिकी डलर भ्रष्टाचारको अभियोग लागेका मलेसियाली पूर्व प्रधानमन्त्री रजाकको सुनुवाइ एक साता स्थगित



पहिलोपोस्ट

करोडौं अमेरिकी डलर भ्रष्टाचारको अभियोग लागेका मलेसियाली पूर्व प्रधानमन्त्री रजाकको सुनुवाइ एक साता स्थगित
नजिब रजाक । फोटोः अल-जजिरा

क्वालालम्पुर: मलेसियाको उच्च अदालतले त्यहाँका पूर्व प्रधानमन्त्री नजिब रजाकको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ एक साताका लागि स्थगन गरेको छ। भ्रष्टाचारसम्बन्धी उक्त मुद्दाको सुनुवाइ आज गर्ने तय भएको थियो।

अहिलेसम्म उच्च अदालतले पक्ष विपक्षका वकिलहरुको राय सुनिसकेको छ। यसक्रममा थप अनुसन्धान गर्नुपर्ने भएकाले समय आवश्यक भएको भन्दै अदालतले सुनुवाइ स्थगन गरेको हो।

उच्च अदालतले सो सुनुवाइ अब यही अगस्ट २६ का लागि तोकेको अल-जजिराले जनाएको छ। प्रधानमन्त्री रजाकविरुद्धको यो भ्रष्टाचार अभियोग मलेसियाको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचारको अभियोग हो।

पूर्व प्रधानमन्त्री रजाकमाथि सत्तामा रहेका बेला विकास–कोषको करिब २ अर्ब ६ करोड मलेसियाली रिंगिट (६२ करोड अमेरिकी डलर) बराबरको रकम भ्रष्टाचार गरेको आरोप छ। उक्त आरोपमा गत वर्षदेखि नै अनुसन्धान भइरहेको छ। सर्वोच्च अदालतमा विचाराधीन सो मुद्दाको अब हुने सुनुवाइ अन्तिम हुने अनुमान गरिएको छ।

रजाकमाथि भ्रष्टाचारका चार बेग्लाबेग्लै अभियोग दर्ता गरिएको छ। तर पूर्व प्रधानमन्त्री रजाकले भने आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै ती सबै अभियोगहरु अस्वीकार गर्दै आएका छन्।

उनकी पत्नी र छोरामाथि पनि अपचलनको अभियोग लगाइएको छ। उनीहरुले पनि भ्रष्टाचारको अभियोगमा मुद्दा खेपिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell