PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

सुशील श्रेष्ठको 'बादशाह जुट' कार्तिक १ गते प्रदर्शनमा आउने 



पहिलोपोस्ट

सुशील श्रेष्ठको 'बादशाह जुट' कार्तिक १ गते प्रदर्शनमा आउने 

काठमाडौं: अभिनेता सुशील श्रेष्ठ अभिनित फिल्म 'बादशाह जुट'को प्रदर्शन मिति तय भएको छ। फिल्म 'बादशाह जुट' आगामी कार्तिक १ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ। 
जोनी सिंह शाहको निर्देशन रहेको यस फिल्ममा सुशील श्रेष्ठसँगै आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मी तामाङ, रोबिन तामाङ, दीपक क्षेत्री, कमलमणि नेपाल लगायतका कलाकारहरुले अभिनय गरेका छन्। साथै फिल्ममा नायिका प्रियंका कार्की अतिथीको भूमिकामा प्रस्तुत हुने निर्माण युनिटले जानकारी दियो। 
एच एन्ड बी फिल्मको ब्यानरमा निर्माण भएको यस फिल्मलाई गोल्डेन ग्राफिक्स फिल्मस् एन्ड इन्टरटेनमेन्टले सहकार्य गरेको छ। अभिषेक शशि कुमारले लेखेको फिल्ममा हर्कबहादुर कुँवर पिटर र भोजराज श्रेष्ठ मिकीले लगानी गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell