PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

एकैपटक धेरै संख्यामा सचिवहरुको सरुवा



पहिलोपोस्ट

एकैपटक धेरै संख्यामा सचिवहरुको सरुवा

काठमाडौं: मन्त्रिपरिषद बैठकले ठूलो संख्यामा सचिव सरुवा गरेको छ। प्रधानमन्त्री र मन्त्रीबीच भएको कार्यसम्पादन सम्झौतापछि धमाधम सचिवहरुसँग पनि भइरहेका बेला सचिवहरुको सरुवा गरिएको हो।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सचिव सरुवा गरेको हो। सरुवासम्बन्धी निर्णय प्रमाणीकरण भइसकेको छैन्।

स्रोतका अनुसार अर्थका दुवै सचिवको सरुवा भएको छ। अर्थमा राजन खनाल र लालशंकर घिमिरे सचिव छन्। घिमिरेले भदौ १० गतेबाट अवकाश समेत पाउँदैछन्। खनाल माघमा अवकाश पाउने सूचीमा छन्।

गृह सचिव भने यथावत राखिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र खानेपानी मन्त्रालयमा नयाँ सचिव पठाइएको छ।

यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग र पर्यटन सचिवको पनि सरुवा भएको स्रोतले बतायो।

सरुवासम्बन्धी निर्णय मंगलबार बेलुकीसम्म प्रमाणीकरण हुने मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ।

अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र खानेपानी मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय महिला आयोगमा सचिव रिक्त छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell