PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

सिंहदरबारभित्रै नायव सुब्बा बच्चु केसी मृत भेटिए, हत्या हो कि आत्महत्या?



पहिलोपोस्ट

सिंहदरबारभित्रै नायव सुब्बा बच्चु केसी मृत भेटिए, हत्या हो कि आत्महत्या?
प्रतीकात्मक चित्र

काठमाडौं : सिंहदरबारभित्रै एक कर्मचारी मृत अवस्थामा भेटिएका छन्। राष्ट्रिय योजना आयोगमा कार्यरत नायव सुब्बा बच्चु केसी कार्यालयमै मृत अवस्थामा भेटिएका हुन्।

उनको शवसँगै विषको बट्टा पनि फेला परेको महानागरीय प्रहरी सुरक्षा गण सिहंदरबारका इन्स्पेक्टर दीपक मग्रान्तीले जानकारी दिए।

'विषको बट्टा भेटिएको छ। सँगै केरा पनि भेटिएको छ,' मग्रान्तीले पहिलोपोस्टसँग भने, 'घटनाको अनुसन्धान सुरु भएको छ। के भएको हो अहिले नै भन्न सकिन्न।'

उनको शव भेटिएको ठाउँमा विषादीकाे बट्टा फेला परेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा उनी सधैं ढिलोसम्म कार्यालयमै रहने गरेको देखिएको छ। त्यसैले उनको मृत्यु हिजो भएको हो या आज बिहान भन्ने समेत यकिन भइसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell