PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

लोकन्थलीमा सडक भासिँदा चार घर जोखिममा, वडाध्यक्षले भने, 'केयुकेएलको कारण'

लोकन्थलीमा सडक भासिँदा चार घर जोखिममा, वडाध्यक्षले भने, 'केयुकेएलको कारण'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर: लोकन्थली हाइटमा सडक भासिँदा चार घर जोखिममा परेका छन्। सोमबार रातिको वर्षाका कारण सडक भासिएको हो। 
मंगलबार दिउँसो वर्षा भइरहेको र भासिएको सडकबाट माटो र ढुङ्गा झर्ने क्रम जारी रहेको मध्यपुर थिमी वडा १ का अध्यक्ष सुरज खड्काले बताए।

मध्यपुर थिमी वडा १ का अध्यक्ष सुरज खड्काले सडक भासिनुमा केयुकेएलको दोष रहेको दाबी गरे। वडाध्यक्ष खड्काले भने, 'केयुकेएलको असावधानीले सडक भासियो‌। यस्तै सडक निर्माणमा कमसल सामान प्रयोग गरिएको थियो‌। सडकमुनि नै पानी ट्यांकी निर्माण गर्ने कार्य शुरु गरेकोले यस्तो भएको हो।' 

राति साढे १ मा सडक भासिँदा सन्तोष तामाङ, भरत पौडेल, प्रेम लामा र कृष्ण थापाको घर जोखिममा परेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell