PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

'वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९' हुँदै, विजेतालाई अन्तर्राष्ट्रिय प्ल्याटफर्म



पहिलोपोस्ट

'वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९' हुँदै, विजेतालाई अन्तर्राष्ट्रिय प्ल्याटफर्म

वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९ आयोजना हुने भएको छ। डायमण्ड स्टार इन्टर्टेन्मेन्ट र भिसापार्क एजुकेसनको आयोजनामा उक्त सौन्दर्य प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिताको विजेताले सन् २०१९ को अन्तिममा हुने 'वर्ल्ड मिस युनिभर्सिटी'मा नेपालको प्रतिनिधित्व गर्न पाउने आयोजकले बताएको छ। उक्त प्रतियोगितामा ६० देशका प्रतियोगी रहने छन्।

यस प्रतियोगितामा वर्ल्ड मिस विश्वविद्यालय नेपाल २०१९- विजेता, वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९- फर्स्ट रनर्स अप, वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१९- सेकेन्ड रनर्स अप गरी तीन शीर्ष विजेता रहने छन्।

प्रतियोगितामा जुरिको रूपमा विश्वविद्यालय प्रतिनिधि, ब्यूटीशियन, ड्रेस डिजाइनर, व्यावसायिक मोडल लगायत रहनेछन्।

सन् २००६ मा 'वर्ल्ड मिस युनिभर्सिटी'मा नेपालको प्रतिनिधित्व गरेकी आयुषा श्रेष्ठ शीर्ष विजेता बनेकी थिइन्।

यो वर्षका प्रतियोगिका लागि यसै साता आवेदन खुल्ला गरिने आयोजक विकाश खरेलले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell