PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

खुकुरी नचाउँदै प्रम ओली र नेताहरुविरुद्ध अश्लिल बोल्ने रवि लामिछानेका समर्थक पक्राउ



पहिलोपोस्ट

खुकुरी नचाउँदै प्रम ओली र नेताहरुविरुद्ध अश्लिल बोल्ने रवि लामिछानेका समर्थक पक्राउ

काठमाडौं : रवि लामिछानेलाई पक्राउ गरेकोमा क्रुद्ध बनेका एक युवकले पोस्ट गरेको भिडियोले उनलाई हिरासतमा पुर्‍याएको छ।

'रवि लामिछानेलाई जेल पुर्‍याउने...' भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा नेता पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध अश्लिल शब्द प्रयोग गर्दै २५ वर्षका सागर मैनालीले भिडियो बनाएका थिए।

'गोर्खालीले यही खुकुरीले नेपाल बनाएको' भन्दै उनले नेताहरुलाई काट्ने दावी गर्दै खुकुरी नचाएर भिडियो खिचेका थिए। जसलाई उनले फेसबुकमा अपलोडसमेत गरेका थिए।

पत्रकारको मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेको समर्थनमा भिडियो बनाउँदै अश्लिल भाषा प्रयोग गरेका उनलाई महानगरीय अपराध महाशाखाको टोलीले बाराको सिमरा प्रहरीको सहयोगमा पक्राउ गरेको हो।

उनलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ। विद्युतीय कारोवार ऐन अनुसार उनलाई कारवाहीका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आजैमात्र रवि लामिछानेलाई थप अनुसन्धानका लागि जिल्ला अदालतले ५ दिन थप हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell