PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

१६ यात्रुलाई बन्धक बनाउने ब्राजिलका बन्दूकधारी प्रहरीको कारबाहीमा मारिए



पहिलोपोस्ट

१६ यात्रुलाई बन्धक बनाउने ब्राजिलका बन्दूकधारी प्रहरीको कारबाहीमा मारिए
फोटो : रोयटर्स ।

रियो द जनेरियो : ब्राजिलको शहर रियो द जनेरियोमा आज एक बन्दूकधारीले बसमा यात्रा गरिरहेका १६ जनालाई बन्धक बनाएको ब्राजिलका स्थानीय संचारमाध्यमले जनाएका छन्। 

प्रहरीले बन्दूकधारीसँगको घण्टौं लामो वार्ताका क्रममा उनलाई गोली हानी मारेको जनाइएको छ। अपहरणकारीले रियो र छिमेकी शहर नितेरो जोड्ने पुलमा बसलाई रोकेर राखेपछि प्रहरीले उनीहरूलाई छुटाउने पहल गरेको थियो। प्रहरीले बन्धकहरुलाई छुटाउन बन्दूकधारीसँग घण्टौं लामो वार्ता गरेको थियो।

स्नाइपर (लामो दूरीमा प्रहार गर्न सकिने बन्दुक) टोलीसहितको प्रहरीको ठूलो समूहले घेरी आधुनिक हतियार र विष्फोटक पदार्थ बोकेको अपहरणकारीसँग वार्ता गर्ने प्रयास गरेको थियो। बन्दूकधारी स्थानीय समय अनुसार विहान ५:३० बजे बसमा चढेर बसका यात्रुलाई धम्याउँदै बन्धक बनाएका थिए। 

अपहरणकारीले के माग राखेर बसका यात्रुहरुलाई बन्धक बनाए भन्ने कारण भने सार्वजनिक भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell