PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

साफ यू-१५ फुटबलः नेपाल र भारत भिड्ने



पहिलोपोस्ट

साफ यू-१५ फुटबलः नेपाल र भारत भिड्ने
तस्बिर: एन्फा

काठमाडौं: पाँचौं संस्करणको साफ यू-१५ फुटबलमा आज नेपालले आयोजक भारतसँग प्रतिस्पर्धा गर्दै छ। भारतको कल्याणीमा हुने खेल दिउँसो १२:१५ मा सुरु हुने छ। भदौ १४ गतेसम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेलमा आयोजक भारतसँग प्रतिस्पर्धा गर्ने भएको हो। प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र भुटान रहेका छन्।

नेपालले दोस्रो खेल ६ गते श्रीलंकाविरुद्ध, १० गते बंगलादेशविरुद्ध तथा १२ गते भुटानविरुद्ध खेल्ने छ। राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

नेपाली टोली

गोलकिपर: ईश्वर गुरुङ, मनोज दाहाल, जिनियस केसी

डिफेन्डर: प्रज्ञान महर्जन, अभिशेक वाइबा, प्रमिश गुरुङ, अजय चौधरी, जन लिम्बू, रोशन थापा

मिडफिल्डर: जन्मेजय धामी, निराजन मल्ल, प्रदीप लम्साल, नीतेश श्रेष्ठ, असीम राई, बिपिन तुम्सिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई

स्ट्राइकर: कृष्ण अधिकारी यादव, कृष सापकोटा, सुगन जिमी, शशांक बोहरा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell