PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

साफ यू-१५ फुटबलः नेपाल भारतसँग ५-० ले पराजित



पहिलोपोस्ट

साफ यू-१५ फुटबलः नेपाल भारतसँग ५-० ले पराजित
तस्बिरः माईकुजुडटटिभी लाइभ

काठमाडौं: पाँचौं संस्करणको साफ यू-१५ फुटबलको आज भएको खेलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ। भारतको कल्याणीमा भएको खेलमा नेपाल ५–० ले पराजित भएको हो। खेलमा भारतले ५ पटक पोस्टमा प्रहार गर्दा ५ पटक नै गोल गर्न सफल रहेको थियो। यता, नेपालले भने भारतीय गोलपोस्टमा एक पटक पनि प्रहार गर्न सकेन।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र भुटान रहेका छन्।

नेपालले दोस्रो खेल ६ गते श्रीलंकाविरुद्ध, १० गते बंगलादेशविरुद्ध तथा १२ गते भुटानविरुद्ध खेल्ने छ। राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell