PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

मृगौलामा खराबीका कारण चलचित्र निर्देशक किशोर राना मगरको निधन



पहिलोपोस्ट

मृगौलामा खराबीका कारण चलचित्र निर्देशक किशोर राना मगरको निधन

काठमाडौं: फिल्म निर्देशक किशोर राना मगरको निधन भएको छ। भदौ ४ गते (आज) निदान हस्पिटल पुल्चोकमा ६४ वर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि दुवै मृगौलामा खराबीका कारण उनी उपचाररत थिए।

राना मगरले फिल्म कर्जा, राँको, सीमारेखा, करोडपति, सीमारेखा, सन्तानको माया, मिस्टर मंगले, चक्र लगायत फिल्म निर्देशन गरेका छन्। दुई दशक बलिउडमा सहायक निर्देशकका रुपमा काम गरेका उनले 'कब होइ मिलनवा हमार'सहित ६ वटा भोजपुरी फिल्म पनि निर्देशन गरेका छन्। 

उनी संगीतकर्मी संगीता प्रधानसँग वैवाहिक सम्बन्धमा थिए।

राष्ट्रिय चलचित्र पुरस्कार २०७४ मा उनी दीर्घ साधनाबाट सम्मानित भएका थिए। त्यस्तै २०६२ मा सर्वश्रेष्ठ नेपाली फिल्म निर्देशक समेत घोषित भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell