PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

एसिसी यू-१९ का लागि नेपाली टोलीको घोषणा



पहिलोपोस्ट

एसिसी यू-१९ का लागि नेपाली टोलीको घोषणा

काठमाडौंः श्रीलंकामा हुने एसीसी यू-१९ प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ। प्रतियोगिताका लागि रोहितकुमार पौडेलको कप्तानीमा बिहीवार १५ सदस्यीय यू-१९ राष्ट्रिय टोली घोषणा गरिएको हो।
प्रतियोगितामा नेपाल समूह 'बी'मा रहेको छ। समूह 'बी'मा नेपालसँगै श्रीलंका, बंगलादेश र युएई रहेका छन्। नेपालले पहिलो खेल घरेलु टोली श्रीलंकासँग सेप्टेम्बर ६ तारिखमा खेल्ने छ।

त्यस्तै दोश्रो खेल बंगलादेशसँग सेप्टेम्बर ८ मा र तेस्रो खेल युएईसँग सेप्टेम्बर १० तारिखमा खेल्ने छ। दुई समूहको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। समूह 'ए'मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्।

नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), पवन सर्राफ, कमलसिंह ऐरी, रित गौतम, हरिबहादुर चौहान, भीम सार्की, मोहमद आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, राशिद खान, सागर ढकाल, खडकबहादुर बोहोरा, सूर्य तामाङ, लोकेश बम, प्रतिस जिसी

व्यवस्थापक – राजु खड्का, प्रशिक्षक – विनोद दास, ब्याटिङ कन्सल्टेन्ट – अपूर्व देशाई, फिजियो – विक्रम न्यौपाने, ट्रेनर – सुबास पात्रो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell