PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

अब प्रचण्डले पनि पार्टीको बैठक सञ्चालन गर्न पाउने



पहिलोपोस्ट

अब प्रचण्डले पनि पार्टीको बैठक सञ्चालन गर्न पाउने

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठक सञ्चालन गर्न पाउने भएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा प्रचण्डले पार्टी बैठक बोलाउन सक्ने निर्णय गरेको हो।

'प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदै हुनुहुन्छ। उहाँलाई उपचारका लागि १०/१५ दिन नै लाग्ने भएकाले उहाँको अनुपस्थितिमा अर्का अध्यक्षले बैठक बोलाउने भन्ने कुरा भएको हो,' ने क पा प्रवक्ता नारायणकाजी श्रेष्ठले पहिलोपोष्टसँग भने,'दुई अध्यक्षमध्ये एक जना अनुपस्थित हुँदा अर्काले बैठक सञ्चालन गर्न पाउने भन्ने कुरा स्वत: स्पष्ट छ।'

यस्तो प्रावधान भएपनि हालसम्म यो लागू भएको थिएन। अब अध्यक्ष प्रचण्डले अर्को बैठक छिटै बोलाउने पनि उनले बताए। प्रवक्ता श्रेष्ठले भने सांगठनिक एकताका काम टुंग्याउनका लागि पनि अर्का अध्यक्षले बैठक डाक्न पाउने निर्णय गरिएको बताए। अघि पार्टी सचिवालयको बैठक दुवै अध्यक्षहरूको उपस्थितिमा हुँदै आएको थियो। ओली र प्रचण्डले यसअघिका बैठकहरू सहअध्यक्षतामा सञ्चालन गर्दै आएका थिए।

बिहीबार बिहान बसेको सचिवालय बैठकले अब अध्यक्ष प्रचण्डको मात्रै अध्यक्षतामा पनि बैठक सञ्चालन गर्न सक्ने निर्णय गरेपछि अर्का अध्यक्ष ओली अनुपस्थित भए पनि पार्टी निर्णयका बाँकी काम रोकिने छैनन्। यसअघि ओली विदेशमा रहँदा पार्टीका औपचारिक बैठकसमेत प्रभावित भएका थिए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell