PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

एनसेलको कर विवादमा आज पनि आएन फैसला



पहिलोपोस्ट

एनसेलको कर विवादमा आज पनि आएन फैसला

काठमाडौं : दूरसञ्चार सेवा प्रदायक एनसेल बिक्रीको लाभकर निर्धारण विवादमा सर्वोच्चमा आदालतले आज पनि फैसला दिन सकेन।

सर्वोच्च अदालतमा बिहीवार न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बर बहादुर शाही, सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको पूर्ण इजलासले आगामी भदौ ९ गते फैसलाको नयाँ मिति तय गरेको छ। 

यसअघि वैशाख २४ गते सर्वोच्चले पुँजीगत लाभकर असुली प्रक्रिया यथास्थितिमा राख्न एकल इजलासले दिएको आदेशलाई निरन्तरता दिएको थियो। न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेशलाई नै निरन्तरता दिएको थियो।

गत माघ २४ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको बृहत् पूर्ण इजलासको आदेश अनुसार ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण गरेको थियो।

तिरिसकेको रकम घटाएर बाँकी ३९ अर्ब ६ करोड रुपैयाँ ७ दिनभित्र तिर्न वैशाख ३ गते कर निर्धारणको पत्र पठाएको थियो। एनसेलले कर निर्धारणविरुद्ध वैशाख ९ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिँदै कर असुली प्रक्रिया यथास्थितिमा राख्न भनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell