PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

ब्राउन सुगरसहित पोखरामा दुई जना पक्राउ



पहिलोपोस्ट

ब्राउन सुगरसहित पोखरामा दुई जना पक्राउ

पोखराः लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२ का २६ वर्षीया रचना गिरी र ३८ वर्षीय विमल लामा रहेका छन्। गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले लागुऔषधका नौ पोकासहित बिहीबार बागलुङ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुबै जनालाई वडा प्रहरी कार्यालय बगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell