PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

उपनिर्वाचनको तयारीः कांग्रेसले कास्की २ मा प्रतिनिधि खटायो



पहिलोपोस्ट

उपनिर्वाचनको तयारीः कांग्रेसले कास्की २ मा प्रतिनिधि खटायो

पोखराः नेपाली कांग्रेस कास्कीले कास्की क्षेत्र नं २ को उपनिर्वाचनलाई लक्ष्य गरी प्रतिनिधि खटाएको छ।

जिल्ला कार्यसमितिको बैठकले निर्वाचनलाई लक्षित गरी पार्टीलाई सशक्त र प्रभावकारी बनाएर परिचालन गर्न निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका–११ मा प्रतिनिधि खटाइएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए।

पोखरा महानगरपालिका–१७ मा सभापति कृष्ण केसी, २० मा उपसभापति आइबहादुर गुरुङ, ११ मा सचिव सुदीपमोहन भट्टराई, २१ मा सचिव देवेन्द्र रानाभाट, ४ मा कोषाध्यक्ष लक्ष्मी पाण्डे र पोखरा-७ मा सहसचिव रङ्गिला आचार्यलाई प्रतिनिधि तोकिएको छ।

यस्तै पोखरा–१५ मा क्षेत्रीय सभापति पोषनाथ शर्मा, ९ मा क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला, १६ मा क्षेत्रीय सभापति विजयराज आचार्य, ८ मा महानगर सभापति बजिरमान श्रेष्ठ र ३३ मा महानगर सहसभापति राजेन्द्रमणि लामिछानेलाई प्रतिनिधि तोकेको छ। बैठकले पहिलो चरणको जनजागरण अभियानका क्रममा प्राप्त सुझाव अध्ययन गरी प्रतिवेदन तयार पार्न सचिव देवेन्द्र रानाभाटको संयोजकत्वमा गठित समितिले जिम्मेवारी पूरा गरेको भन्दै धन्यवाद ज्ञापन गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell