PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

बाबुराम र कमल थापा ट्विटरमा किन गर्दैछन् घोचपेच?



पहिलोपोस्ट

बाबुराम र कमल थापा ट्विटरमा किन गर्दैछन् घोचपेच?

काठमाडौँः भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिएर स्वदेश फर्किसकेका छन्। तर, उनीसँगको भेटघाटको श्रृखलापछिको तरङ्ग राजनीतिक बृतमा जारी नै छ।

पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईले कुटनीतिक मर्यादा विपरीत जयशंकरलाई होटलमै गएर भेटेको भन्दै पूर्व परराष्ट्रमन्त्री कमल थालो लम्पसारवादको नमूना पेस गरेको टिप्पणी गरे। ट्विटरमा थापाले भनेका छन्, ‘फेरि एकपटक देउवा, भट्टराई र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमूना पेस गरे।’

जवाफमा डा. भट्टराईले भित्र दिल्लीको चाकरी गर्ने बाहिर राष्ट्रवादको डंका पिट्ने विरासतको अन्त्य गर्न चाहेको जवाफ फर्काए। भट्टराईले जवाफमा भनेका छन् ‘सिसाको घरमा बस्नेले अर्काको झोपडीमा ढुंगा हान्नुहुँदैन भन्ने लोकोक्ति मेरा सहपाठी मित्रले स्मरण गर्नु राम्रो होला! सुगौली सन्धि यताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसँग देशको हितमा खुला सम्बन्ध राख्ने पक्षमा छौँ।'

बाबुरामको जवाफमा थापाले पुनः जवाफ दिएका छन्। थापाले पूर्वप्रधानमन्त्रीले विदेशी मन्त्रीलाई उसकै होटलमा औपचारिक रुपमा भेट गर्नु नसुहाएको जवाफ फर्काएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell