
काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत एक मात्र नेपाली फिल्म रिलिज भएको छ। फिल्म 'जाइरा'ले सोलो रिलिजको मौका पाएको हो। स्पोर्टस् ड्रामा 'जाइरा'लाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन्।
नम्रता श्रेष्ठ, अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ।
त्यस्तै हलिउडतर्फ दुई फिल्म 'वान्स अपन अ टाइम इन हलिउड' र 'द एङ्ग्री बर्ड्स मुभी'को दोस्रो संस्करण नेपाल रिलिज भएका हुन्।
क्वान्टिन टारन्टिनोद्वारा निर्देशित अमेरिकन कमेडी ड्रामा 'वान्स अपन अ टाइम इन हलिउड'मा लियोनार्दो दी क्याप्रियो, ब्राड पिटअल पाचिनो, टिमोथी ओलिप्यान्ट, कर्ट रस्सेल लगायतका कलाकारहरुको अभिनय छ।
'द एङ्ग्री बर्ड्स मुभी'लाई थुरप भ्यान अर्म्यानले निर्देशन गरेका हुन्। कम्प्युटर एनिमेटेड कमेडी फिल्म फिनिस भिडियो गेम डेभलोपर रोभियोको गेम 'एङ्ग्री बर्ड्स'मा आधारित छ। फिल्ममा जोस ग्याड, ज्यासन सुडेकिस, बिल ह्याडर, रासेल ब्लु, डेनी म्याकब्राइड लगायतको अभिनय रहेको छ।