PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

ब्रिटिस काउन्सिलको अवार्ड लिटिल फ्लावर्स स्कुललाई



पहिलोपोस्ट

ब्रिटिस काउन्सिलको अवार्ड लिटिल फ्लावर्स स्कुललाई

ब्रिटिस काउन्सिल नेपालले आयोजना गरेको 'कनेक्टिङ क्लासरुम अवार्ड' घोषणा भएको छ। भदौ ३ गते मंगलबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार दिइएको हो।

ललितपुरस्थित लिटिल फ्लावर्स पब्लिक स्कुलले अन्तराष्ट्रिय पुरस्कार जितेको हो। उक्त विद्यालयले 'शहरी क्षेत्रमा कौसी खेती' नामक परियोजना बनाएको थियो। जसका लागि उत्कृष्ट विद्यालय परियोजना पुरस्कार समेत सोही स्कुलले पायो।

यस अवार्ड वितरण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव खगराज बरालले सम्मान तथा पुरस्कार वितरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell